गोकुलेश्वर ।इलाका प्रहरी कार्यालय गोकुलेश्वरले ‘साउन महिनाको उत्कृष्ट प्रहरी'(BEST POLICE OF THE MONTH )अवार्डबाट ट्राफिक प्रहरी जवान सुरेश बिष्टलाई सम्मानित गरेको छ ।

आइतबार एक कार्यक्रमका बिच इप्रका गोकुलेश्वरका प्रमुख एवं प्रहरी निरीक्षक किशोरसिह ऐरीले अस्थायी ट्राफिक प्रहरी पोस्ट गोकुलेश्वरमा कार्यरत बिष्टलाई साउन महिनाको (BEST POLICE OF THE MONTH) अवार्डबाट नगद सहित सम्मानित गरेका हुन।
उनले जिम्मेवार र मजबुद तरिकाले ट्राफिक ब्यवस्थापन तथा शान्ति सुरक्षा कायम राखी आम जन समुदायमा प्रहरी प्रतिसकारात्मक भावना जोगाउन सफल देखाएको र उनले गरेको उत्कृष्ट कार्य सम्पादनको उच्च मुल्याङ्कन गर्दै नगद पुरस्कार सहित २०८२ ‘साउन महिनाको उत्कृष्ट प्रहरी’ (BEST POLICE OF THE MONTH) अवार्डबाट सम्मानित गरिएको इप्रका गोकुलेले जनाएको छ् ।



