No.1 News Portal from Sudurpashchim Province
bajaj

बैतडीमा जिप दुर्घटना, २ जनाको मृत्यु

गोकुलेश्वर । बैतडीमा शनिबार बिहान भएको जिप दुर्घटनामा परी घाइते ८ जनामध्ये दुईजनाको मृत्यु भएको छ ।

pm office

दुर्घटनामा जिप चालक डिलाशैनी गाउँपालिका–१ का २४ बर्षीय सन्तोषबहादुर राना र सोही ठाउँका ३२ बर्षीय  किरण बोहराको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए ।

धनगढीबाट गन्ना तर्फ  आइरहेको सु.प.प्र.०१००१ ज १३७२ नम्बरको जिप शनिबार बिहान साढे पाँच बजेतिर दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–६ स्थित खिपाली मोडमा दुर्घटनामा परेको थियो ।
उक्त दुर्घटनामा परेर घाइते भएका डिलाशैनी गाउँपालिका–१ का ५१ बर्षीया कलमा धामी र सोही ठाउँका २७ बर्षीय राजेन्द्रबहादुर खत्रीलाई थप उपचारका लागि धनगढी रेफर गरिएको प्रहरी निरीक्षक पाण्डेयले बताए ।

दुर्घटनामा घाइते भएका डिलाशैनी –१ का ४५ बर्षीय रामकुमार राना, २५ बर्षीय हेमन्तप्रसाद भट्ट , २१ बर्षीया भागरथी खत्री र उनकी २ बर्षीया छोरी एलीसा खत्रीको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
जिप सडकबाट करीब ७० मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.