No.1 News Portal from Sudurpashchim Province
bajaj

सुदुरपश्चिम प्रदेश आज “साक्षर प्रदेश” घोषणा

गोकुलेश्वर । सुदुरपश्चिम प्रदेशलाई आज “साक्षर प्रदेश” को रूपमा घोषणा भएको छ।

pm office

१५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरिकहरू साक्षर भइसकेको तथ्यांकका आधारमा यो घोषणा गरिएको हो। १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरिकहरू भएको सुनिश्चित भएपछि साक्षर घोषणा गर्ने निति रहेको छ । सुदुरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले विशेष समारोहमा प्रदेश साक्षर भएको घोषणा गरेका हुन्।

सुदुरपश्चिम यो उपलब्धि हासिल गर्ने चौथो प्रदेश बनेको छ यसअघि बाग्मती, गण्डकी र कोशी प्रदेश साक्षर घोषित भइसकेका छन्।सामाजिक विकास मन्त्रालयद्वारा आयोजित कार्यक्रममा, ८८ वटा स्थानीय तहमा गरिएको सर्वेक्षण र शिक्षा विकास निर्देशनालय तथा साक्षरता अभियान प्रदेश समन्वय समितिको प्रतिवेदनका आधारमा यो निर्णय लिइएको हो। यसअघि सुदुरपश्चिमका सबै ९ जिल्लाहरू क्रमशः साक्षर जिल्ला घोषित भइसकेका थिए।

धनगढीमा आयोजित घोषणा कार्यक्रममा सामाजिक बिकास मन्त्री मेघराज खड्का, आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा शार्की, भुमि, ब्यवस्था, कृषी तथा सहकारी मन्त्री बिर बहादुर थापा, एमाले ससंदिय दलका नेता राजेन्द्र सिहं रावल, माओवादी केन्द्र ससंदिय दलका नेता खगराज भट्ट, राज्यमन्त्रीहरु प्रकाश बम, सरस्वती खड्का र निर्मला साउँद लगायतको उपस्थिती थियो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.