
गोकुलेश्वर । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर २ मा नदीमा बगेर १ जनाको मृत्यु भएको छ ।
नगरपालिकाको वडा नम्बर २ छेलाबगडमा शनिबार विहान नुहाउने क्रममा चौलानी नदीमा बगेर सोही ठाउँका ६० बर्षीय कृष्ण बहादुर पालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिए ।



