गोकुलेश्वर । सशस्त्र प्रहरीले दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ९ बेदबाट १८ पेटी भन्सार छलिको बिडी बरामद गरेको छ। मंगलबार (आज) विहान ३ः१५ बजेको समयमा सशस्त्र प्रहरीले भारतीय सीमा नजिकबाट गाडीमा लोड गरेको अवस्थामा बेवारिसे १८ पेटी बिडी सहित जिप नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल, ४४ गण दार्चुलाबाट सशस्त्र प्रहरी निरीक्षक महेन्द्र कुमार बमको कमाण्डमा खटिएको टोलीले अवैध रुपमा भारतबाट नेपाल भित्र्याउदै गरेको अवस्थामा ८ लाख १० हजार बराबरको १८ पेटी बिडीसहित से.१ज १०८७ नम्बरको जीप नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नेपाल, न.४४ गण दार्चुलाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक देव राज जोशीले बताए ।
नियन्त्रणमा लिएको बिडी र गाडी दार्चुला भन्सार कार्यालयमा बुझाएको बताइएको छ ।



