No.1 News Portal from Sudurpashchim Province
bajaj

बैतडीका एक युवक धनगढीमा लागुऔषधसहित पक्राउ

गोकुलेश्वर । बैतडीका एक युवक धनगढीमा लागुऔषधसहित पक्राउ परेका छन्।

pm office

पक्राउ पर्नेमा बैतडीको दशरथचन्द नगरपालिका–१ का २७ वर्षीय विरेन्द्रसिंह भाट रहेका प्रहरीले जनाएको छ।

भाटलाइ धनगढी उपमहानगरपालिका–२ ब्यारेल स्थित भारतबाट नेपाल आउदै गरेको अवस्थामा ६६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित वडा प्रहरी कार्यालय धनगढी र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट सयुक्त रूपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.