No.1 News Portal from Sudurpashchim Province
bajaj

विरोधकैबीच सुदूरपश्चिम प्रदेश सभाको अधिवेशन अन्त्य

गोकुलेश्वर । सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभाको जारी अधिवेशन अन्त्य गरेका छन्।

pm office

सोमवार बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै प्रमुख प्रमुखलाई सिफारिस गरेको थियो। सरकारको सिफारिसका आधारमा नै प्रदेश प्रमुख मियाँले सोमवार राति १२ बजेदेखि लागू हुनेगरी संविधानको धारा १८३ को उपधारा (२) बमोजिम अधिवेशन अन्त्य गरेको प्रदेश सभा सचिवालयले जनाएको छ।

सचिवालयले अधिवेशन अन्त्य गरेको सूचना सबै प्रदेश सभा सदस्यहरूलाई राति नै जानकारी गराइसकेको छ। २७ साउन २०८१ मा प्रदेश प्रमुखले सभाको पाँचौ अधिवेशन आह्वान गरेका थिए। सुदूरपश्चिममा प्रतिपक्षी दलले लगातार प्रदेश सभामा अवरोध सिर्जना गर्दै आएपछि बैठक अघि बढ्न सकेको थिएन तर सरकारले भने प्रतिपक्षी दलको विरोधकैबीच अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.