No.1 News Portal from Sudurpashchim Province
bajaj

चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक

गोकुलेश्वर । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ।
आइतवार राजधानीमा एक कार्यक्रमका बिच ‘कर्मा’ बोलको टाइटल गीत सार्वजनिक गरिएको हो। गीतमा दुर्गेश थापाको स्वर छ। गीतमा शब्द तथा संगीत दुर्गेश स्वयंले भरेका छन भने गीतको एरेन्ज पनि दुर्गेशले नै गरेका हुन। असलका लागि असल र खराबका लागि खराब रहेको सन्देश दिएको गीतले जस्तो मान्छे त्यस्तै व्यवाहार हुने तथ्यलाई उजागर गरेको छ।

 

pm office

सार्वजनिक गीतको ब्याकग्राउन्ड भोकलमा दुर्गेशलाई आरसी रिमाल र भुषण खतिवडाले साथ दिएका छन्। गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु विपीन कार्की, मुकुन भुसाल, उपासना सिंह ठकुरीलगायत छन्। चलचित्रमा विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, सरिता गिरी, दिब्यदेब, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मा लगायतको अभिनय रहेको छ।

नयाँ वर्ष २०८२ को छेको पारेर चलचित्र ‘कर्मा’ यहीँ चैत २९ गतेबाट रिलिज हुँदैछ। नेपाल र विदेशमा यो चलचित्र एकसाथ प्रदर्शन हुनेछ। चलचित्रलाई निर्देशक सौरभ चौधरीले निर्देशन गरेका हुन। एक्सन, ड्रामा र सस्पेन्स जनरामा निर्माण भएको चलचित्रको कथा पनि निर्देशक चौधरी स्वयंले लेखेका हुन। चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्रीको अधिकार सेभेन सिज सिनेमाले लिएको छ।

यो चलचित्रमा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ। तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको चलचित्रमा समीर मियाको भिएफएक्स, उत्तम न्यौपानेको व्याकग्राउण्ड स्कोर, शाहिल खानको टिजर–ट्रेलर र विजय बश्यालको पब्लिसिटी डिजाइन छ। आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहेको छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.