No.1 News Portal from Sudurpashchim Province
bajaj

२४ घण्टामा ७२ वटा आगलागी तथा वन डढेलो

गोकुलेश्वर । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरण हेर्ने हो भने नेपालमा २४ घण्टामा ७२ वटा आगलागी तथा वन डढेलोका घटना भएका छन् ।

प्राधिकरणका अनुसार मंगलबार बिहान १० बजेदेखि बुधबार बिहान १० बजेसम्मको तथ्याङ्कमा ४८ जिल्लामा आगलागी तथा वन डढेलोको घटना देखिन्छ ।

pm office

यसमध्ये २५ जिल्लामा ३४ वटा आगलागीका घटना भएको र २३ जिल्लामा ३८ वटा वन डढेलोका घटना भएका छन् ।

ती घटनामा ४ जना घाइते भएको प्राधिकरणले जनाएको छ । यसैगरी पछिल्लो चार दिनमा २७२ वटा वन डढेलो र आगलागीका घटना भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको वन डढेलो आगलागी तथा वातावरण शाखाका उपसचिव सुदिप छत्कुली बताउँछन् ।

उनका अनुसार यी घटनामा दुई जनाको मृत्यु भएको छ । यसैगरी आगलागीबाट २२ जना घाइते भएका छन् ।

यसैबिच ३० वटा भौतिक संरचनाको क्षति भएको छ भने २६ चौपाया आगलागीबाट मरेका छन् ।

 

 

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.