No.1 News Portal from Sudurpashchim Province
bajaj

बैतडीमा तीन वर्षको अबधिमा ७० शिशु र ३ प्रसूति महिलाको मृत्यु 

गोकुलेश्वर । बैतडीमा तीन वर्षको अबधिमा ७० शिशु र ३ प्रसूति महिलाको मृत्यु भएको पाइएको छ।

pm office

स्वास्थ्य कार्यालय बैतडीको तथ्याङ्क अनुसार गएको तीन आर्थिक वर्षमा ७० जना नवजात शिशु र तीन जना प्रसूति महिलाको मृत्यु भएको तथ्याङ्कछ । आर्थिक वर्ष २०७८/७९ मा ४३ नवजात शिशु, आव २०७९/८० मा ११ जना, २०८०/८१ मा १३ जना र चालु आवको साउनदेखि माघ मसान्तसम्म तीन जना नवजात शिशुको मृत्यु भएको छ।

योसँगै आर्थिक वर्ष २०८०/८१ मा दुई जना प्रसूति महिला र चालु आव २०८१/८२ मा एक जना प्रसूति आमाको मृत्यु भएको स्वास्थ्य कार्यालय बैतडीका खोज सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिए। उनले भने, “दिगो विकास लक्ष्य अन्तर्गत सन् २०३० सम्म मातृशिशु मृत्युदर शून्यमा झार्ने लक्ष्य भए पनि सो लक्ष्य हासिल गर्न चुनौती छ ।
” उनका अनुसार आमा र शिशुको मृत्यु नरोकिनुका पछाडि स्वास्थ्य संस्था जान ढिलाइ, पुगिहाले पनि स्वास्थ्य सेवा पाउन ढिलाइ र तालिमप्राप्त दक्ष स्वास्थ्यकर्मी नहुनु मुख्य समस्या रहेका छन्। प्रसूति महिलाको रक्तचाप बढेर शरीर काम्दा देवीदेवताको पछाडि लाग्ने जस्ता अन्धविश्वास पनि रहेको उनले बताए।

बैतडीका १० स्थानीय तह र ८४ वडामा सुरक्षित प्रसूति सेवा दिन १५७ वटा प्रसूति केन्द्र रहेका छन्। यीमध्ये ११५ वटा स्वास्थ्य संस्थामा तालिमप्राप्त दक्ष जनशक्ति रहेको छ भने साबिकका ६८ वटा गाविसका तत्कालीन स्वास्थ्य चौकीमा अनमी, अहेव र औषधी उपकरणको व्यवस्था गरिएको छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.