No.1 News Portal from Sudurpashchim Province
bajaj

सुदूरपश्चिममा ७५ प्रतिशतले गरे मतदान

गोकुलेश्वर । सुदूरपश्चिममा मतदान सकिएको छ। प्रदेशका पाँच ठाउँमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको हो ।

pm office

एक उपाध्यक्ष र चार वडाध्यक्षका लागि भएको निर्वाचनमा ७५ प्रतिशतले मतदान गरेका छन्। १७ हजार ३१३ मतदातामध्ये ९ हजार ७८८ जनाले मतदान गरेको प्रदेश निर्वाचन कार्यालय धनगढीका निर्वाचन अधिकारी प्रेमराज भट्टले बताए। बाजुराको स्वामिकार्तिक गाउँपालिकामा उपाध्यक्षलागि ७ हजार ४६० मतदातामध्ये ३ हजार ९०३ जनाले मतदान गरेका छन ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षका लागि ५ हजार ४३४ मतदातामध्ये २ हजार ९९२, दार्चुलाको दुहुँ गाउँपालिका–५ मा एक हजार २७२ मध्ये ८७७, डोटीको पुर्वीचौकी गाउँपालिका–६ मा एक हजार ५९३ मध्ये ८३९ र बझाङको सुर्मा गाउँपालिका–४ मा एक हजार ५५४ मध्ये एक हजार १७८ जनाले मतदान गरेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।
कुल मतदाताको अवस्था अनुसार सबैभन्दा धेरै बझाङमा र सबैभन्दा कम बाजुरामा मत खसेको छ। बाजुरामा ५२ प्रतिशतले मतदान गर्दा बझाङमा ७६ प्रतिशतले मतदान गरेका छन्। डोटीमा ५३, दार्चुलामा ६९ र कञ्चनपुरमा ५५ प्रतिशतले मतदान गरेको निर्वाचन कार्यालयले जनाएको छ। एक उपाध्यक्ष र चार वडाध्यक्षका लागि भएको उपनिर्वाचनमा कर्मचारी खटाउनेदेखि आवश्यक सुरक्षाकर्मी समेत हिजो नै परिचालन गरिएको थियो।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.