गोकुलेश्वर । नेपाली कांग्रेस बैतडीका नेताहरुले अराजक तत्वहरुले आफूहरुलाई बदमान गर्न खोजेको भन्दै आपत्ति जनाएका छन् । केही नेताहरुको नाम जोडेर बाह्रमण एकता बैतडी नामक फेक आइडी बनाएर आफूहरुलाई बदनाम गर्न खोजिएको भन्दै नेताहरुले यस प्रति आपत्ति जनाएका हुन् ।
उनीहरुले संयुक्त रुपमा विज्ञप्ती जारी गरी आफूहरु कुनै जातीय राजनीतिमा नलागेको प्रष्ट पारेका छन । कांग्रेसको नजिकिँदै गएको महाधिवेशन प्रभावित हुने गरी बदनियत पुर्ण तरिकाले विभिन्न भ्रामक गतिविधिहरु गरीरहेको कांग्रेस नेता जयराज जोशीले बताएका छन । उनले आफुहरुका तस्वीर नक्कली फेसबुक आईडी मार्फत सार्वजनिक गर्दै जातीय सद्भावकै सवालमा प्रश्न खडा हुने गरी भ्रम फैलाईरहेकोले विज्ञप्ती मार्फत कारबाहीको माग गरिएको जानकारी दिए ।

सामाजिक सञ्जालमा आएका तथ्यहीन भ्रामक सुचनाका पछि नलाग्न पनि विज्ञप्ती मार्फत आग्रह गरिएको छ । यसैबीच कांग्रेसका नेताहरुको नाम जोडी ब्राहमण एकता बैतडी फेक आइडी बनाउनेलाई कारवाहीको माग गर्दै साइबर ब्युरोमा मुद्दा दर्ता भएको छ ।
नेपाली कांग्रेसका नेता जनकराज भट्टले दोषीलाई कारवाहीको माग गर्दै ब्युरोमा मुद्दा दर्ता गरेका हुन् । विगत तीन दिन देखी उक्त गिरोहले आफुहरुको चरित्र हत्या गरेको भन्दै ध्यानाकर्षण भएको संयुक्त प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।





