No.1 News Portal from Sudurpashchim Province
bajaj

स्वास्थ्य चौकी गराडीमा कार्यरत स्वास्थ्यकर्मीहरुले नियमित रूपमा सेवा प्रदान नगर्ने गरेको गुनासो

लोकेन्द्र सिंह कार्की । दार्चुलाको लेकम गाउँपालिका–२ गराडीमा अवस्थित सर्मोली स्वास्थ्य चौकी गराडीमा कार्यरत स्वास्थ्यकर्मीहरुले नियमित रूपमा सेवा प्रदान नगर्ने गरेको स्थानीय लक्ष्मण सिंह कार्कीले गुनासो पोखेका छन्।

pm office

स्वास्थ्य चौकी इन्चार्जसमेत रहेका जनस्वास्थ्य निरीक्षक छैटौं तहका स्वास्थ्यकर्मी दिपक प्रसाद पन्त स्वयं अनुपस्थित रहने गरेकाले उक्त स्वास्थ्य चौकीमा कार्यरत अन्य कर्मचारीहरुले पनि मनोमानी गर्ने गरेका हुन् । कार्यालय समयमा स्वास्थ्यकर्मी नभेटिने,सेवाग्राहीहरुलाई सम्झाइ बुझाइ उचित परामर्शयुक्त स्वास्थ्य सेवा प्रदान नगर्ने,बिरामीलाई बेवास्ता गर्ने,पालैपालो बिदा बसिरहने,कुनै कुराको बारेमा सेवाग्राहीले जिज्ञासा राख्दा राम्रोसँग बुझाइदिनुको सट्टा आलटाल गर्न खोज्ने,उक्त काम त फलानाको हो भनेर जिम्मेवारीबाट पन्छिन खोज्ने,जनताले तिरेको करबाट तलब भत्ता खाइ जनताले सेवा माग्न जादा धेरै अनुनय बिनय गर्नुपर्ने अवस्थाको सिर्जना भएको स्थानीयहरुले बताएका छन् ।

उक्त बिषयमा लेकम गाउँपालिकामा गुनासो गर्दा कुनैपनी किसिमको सुनुवाइ हुन नसकेको स्थानीय सेवाग्राही केशव सिंह कार्कीले गुनासो गर्नुभयो। यस बिषयमा थप जानकारी लिन स्वास्थ्यकर्मी दिपक प्रसाद पन्तको नम्बरमा फोन गर्दा सम्पर्क हुन सकेन ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.