
गोकुलेश्वर । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले गत फागुन २२ गते जीप दुर्घट्नामा परी मृत्यु भएका पदम राज पन्तको परीवारलाई बिमा रकम प्रदान गरेको छ ।
दार्चुलाको लेकम गाउँपालिका वडा नं. ६ स्थित गतबर्ष फागुन २२ गते जीप दुर्घट्नामा परी मृत्यु भएका पदमराज पन्तका परीवारलाई नेशनल लाईफ ईस्योरेन्स कम्पनी लिमिटेडले चेक हस्तान्तरण गरेको हो । आज गोकुलेश्वरको होटल अपिनाम्पामा आयोजना गरेको एक कार्यक्रममा नेशनल लाईफ कम्पनीको डडेल्धुरा शाखाका प्रमुख कृष्णदत्त पन्तले १ करोड २४ लाख ४८ हजार बराबरको चेक हस्तान्तरण गरेका हुन् ।



