गोकुलेश्वर । बैतडीको गोकुलेश्वरमा डिलाशैनी गाउँपालिका वडा नम्बर ५ ले आयोजना गरेको चर्मण्वती देउडा उत्सवको उपाधी लेकम गाउँपालिका वडा नम्बर १ सर्मोली दार्चुलाका दयाकृष्ण पन्तले प्राप्त गरेका छन । यही भदौ १९ गतेदेखि सुरु भएर शनिबार आज चौथो दिन सम्पन्न भएको खुल्ला देउडा प्रतिस्पर्धाको अन्तिम नजिता अनुसार पन्तले प्रथम स्थान प्राप्त गरेका हुन ।

फाइनल प्रतिस्पर्धा दयाकृष्ण पन्त र मञ्जु गिरी बिच भएको थियो । पन्त प्रथम हुँदा कञ्चनपुरको भिमदत्त नगरपालिकाका गिरीले उपविजेता द्धितीय स्थानमा चित्त बुझाउनुपरेको छ । यस्तै उक्त देउडा खेलमा कमला बिष्टले तृतीय स्थान हासिल गर्नुभएको छ ।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेलाई नगद १५ हजार, द्धितीय स्थान प्राप्त गर्नेलाई नगद १० हजार र तृतीय स्थान प्राप्त गर्नेलाई नगद ५ हजार सहित सम्मानित गरिएको आयोजकले जनाएको छ ।



