No.1 News Portal from Sudurpashchim Province
bajaj

बजेट ल्याउने तयारीमा सुदूरपश्चिम प्रदेश सरकार

गोकुलेश्वर । वित्तीय अनुशासन कायम गर्ने लक्ष्यका साथ सुदूरपश्चिम प्रदेश सरकारले भदौ २० गते बजेट ल्याउने तयारी गरेको छ । मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको प्रदेश सरकारले बजेट ल्याउन लागेको हो ।

pm office

सुशासन कायम गर्ने उद्देश्यका साथ असार १ गते दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले ल्याएको नियमित बजेट पारित हुन नसकेपछि प्रदेश सरकारले नयाँ बजेटमार्फत तयारी थालेको हो । यसका लागि प्रदेश सरकारले बजेट निर्माणका सम्बन्धमा चार वटा आधार सार्वजनिक गरेर बजेटमार्फत प्रदेशको विकासमा सुशासन कायम गर्ने बताएको छ ।

विगतमा बजेट निर्माणका क्रममा व्यापक, भ्रष्टाचार, कमिसनतन्त्र र बिचौलिया हाबी भएको भन्दै अब सो कार्य निरुत्साहित गरेर बजेटमार्फत प्रदेशमा सुशासन कायम गर्ने प्रदेश सरकारका मुख्यमन्त्री शाहको दाबी छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.