No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलामा महाकाली नदीमा हाम फालेर एक महिला बेपत्ता

गोकुलेश्वर । दार्चुलामा महाकाली नदीमा हाम फालेर एक महिला बेपत्ता भएकी छन ।

pm office

दार्चुला सदरमुकाम खलङ्गा अन्तरर्गत पर्ने रिङनेताल नजिकैबाट महाकाली नदीमा हाम फालेर महिला बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनु भएको छ ।

शनिबार साझ वर्ष अन्दाजी २०—२२ कि महिलाले नदीमा हाम फालेर बेपत्ता भएको उहाँले बताउनु भयो । हाम फालेकी महिलाको खोजी कार्य भइरहेको छ । हाम फालेकी महिलाको पहिचान भने हुन नसकेको प्रहरी निरीक्षक सिंहले बताएका छन ।
महाकाली नदीमा पानी समेत धमिलो भएकाले खोजीकार्यमा कठिनाई भइरहेको प्रहरीले जनाएको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.