No.1 News Portal from Sudurpashchim Province
bajaj

पेट्रोलियम पदार्थको मूल्यफेरि बढ्यो, पेट्रोल प्रति-लिटर १२५ रुपैयाँ

गोकुलेश्वर। नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टीतेल तथा हवाई इन्धन (आन्तरिक उडान) को मूल्य २र२ रुपैयाँका दरले बढाएको छ । यो शनिवार राति १२ बजेपछि लागू हुनेछ ।

pm office

अब प्रति लिटर पेट्रोलको मूल्य एक सय २५ रुपैयाँ, डिजेल र मट्टीतेलको एक सय आठ रुपैयाँ र हवाई इन्धनको ८० रुपैयाँ पुगेको निगमले जनाएको छ । स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन गरे पनि निगमलाई पेट्रोलमा प्रति लिटर ५ रुपैयाँ ३३ पैसा, डिजलमा ३ रुपैयाँ ३३ पैसा र एलपी ग्याँसमा २५८ रुपैयाँ ४६ पैसा घाटा रहेको छु, निगमले भनेको छ ।

पछिल्लो पटक निगमले गएको जेठ २ गते मूल्य बढाएर पेट्रोलको एक सय २३ रुपैयाँ, डिजल र मट्टीतेलको एक सय ६ रुपैयाँ र हवाई इन्धनको ७८ रुपैयाँ पुर्याएको थियो ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.