गोकुलेश्वर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयले सुनजस्तो देखिने झण्डै साढे ४ किलो पहेंलो धातु बरामद गरेको छ ।
गएराति बैंककबाट काठमाडौं आएका थाइ नागरिकको साथबाट सो परिमाणको सुनजस्तो देखिने साढे चार किलोभन्दा बढी पहेंलो धातु कार्यालयले बरामद गरेको हो ।

भन्सार कार्यालयका एक अधिकारीका अनुसार थाई नागरिकले हाते झोलामा १० थान बिस्कुटको आकारको पहेंलो धातु फेला पारिएको हो ।
उनले अन्नपूर्ण पोस्ट्सँग भने ,‘१० थान बिस्कुटको आकारको सुनजस्तो देखिने पहेंलो धातु बरामद गरेका छौं। उक्त धातु सुन हो वा होइन परीक्षणका लागि भन्सार कार्यालयले त्रिपुरेश्वरस्थित भन्सार विभागमा पठाएको छ ।’
यता थाई सावनले भने उक्त पहेंलो धातु सुन नभएको र आफूले धार्मिक प्रयोजनका लागि ल्याएको दाबी गरेका छन्। यद्यपी भन्सार कार्यालयका अधिकारीहरुले उक्त पहेंलो धातु सुन नै हुन सक्ने बताएका छन् ।



