No.1 News Portal from Sudurpashchim Province
bajaj

…अनि प्रकास सपूतको ‘दमाई महाराज’ हेर्नुभयो त ?

गोकुलेश्वर । प्रकास सपूतको गीति भिडियो ‘दमाई माहाराज’मा छुवाछुत वा नश्लीय विभेद विरुद्धको कुरा गरेका छन् । 

pm office

दमाईको गर्भमा जन्मिएको एउटा अबोध वालक मन्दिरमा प्रवेश गर्दा ‘अछुतो’ भयो भन्ने आडम्बरमाथि उनले कटाक्ष गरेका छन् । जन्मको आधारमा कोही सानो, ठूलो हुँदैन, धर्मग्रन्थले कसैमाथि विभेद गर्नु भनेको छैन, मान्छे जन्मले होइन कर्मले कोही श्रेष्ठ वा कोही निच हुन्छ भन्ने सन्देश पस्किएका छन् ।

‘दमाई महाराज’को म्युजिक भिडियोको कथा रचना र निर्देशन प्रकास सपूतले गरेका हुन् । भिडियोमा प्रकाससँगै अन्जली अधिकारी, गीता ढुंगाना, गरिमा शर्मा, प्रभात ठाकुरी देख्न सकिन्छ । 

भिडियोलाई मीलन कृष्ण महर्जनले र दिनेश पराजुलीले खिचेका हुन् । यो गीति भिडियो उनले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.