No.1 News Portal from Sudurpashchim Province
bajaj

सलाइन पानी बोकेर सरकारी वकिलको कार्यालय हिडे ललिता निवास प्रकरणका आरोपित

गोकुलेश्वर। ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका प्रतिवादीहरूलाई म्याद थप गर्नका लागि सरकारी वकिलको कार्यालय लगिएको छ । सीआईबीले सरकारी लिखत किर्ते गरेर बालुवटारस्थित ललिता निवासको जग्गा हिनामिना गरेको कसुरमा मंगलबार सात जनलाई पक्राउ गरेको थियो जसमध्ये तीन जनलाई कागज गराएर रिहा गरेको छ ।

pm office

अदालतबाट यसअघि नै स्टे अर्डर लिएका सुरेन्द्रमान कपाली, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा र हुपेन्द्रमणि केसीलाई प्रहरीले कागज गराएर रिहा गरेको छ । पक्राउ पर्ने अन्यमा पूर्व आयुक्त सुधीर शाह, व्यवसायी मीनबहादुर गुरुङ, तत्कालीन खरदार गोपाल कार्की र तत्कालीन शाखा अधिकृत धर्मप्रसाद गौतम रहेका छन् ।

बुधबार सरकारी कार्यालयमा चार जनालाई म्याद थपका लागि उपस्थित गराइएको हो । उनीहरू सरकारी वकिल कार्यालयमा हातमा सलाइन पानी बोकेरै पुगेका थिए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.