No.1 News Portal from Sudurpashchim Province
bajaj

२० वर्षमुनिको महिला एसियन कप छनोटको अन्तिम खेल नेपालले चाईनिज ताइपेइसँग खेल्दै

गोकुलेश्वर। एएफसी २० वर्षमुनिको महिला एसियन कप छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले आज चाईनिज ताइपेइसँग खेल्दैछ ।

pm office

खेल म्यान्मारको यानगोनमा नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ । यसअघिका खेलमा नेपाल म्यानमार र चीनसँग समान ५–० गोलले पराजित भएको थियो ।

चाईनिज ताइपेइले अघिल्लो दुई खेलमध्ये एउटामा हार र अर्को बराबरी खेलेको थियो । छनोटको समूह ‘बी’ मा रहेको नेपाल अंकविहीन हुँदै पुछारमा छ ।

चाईनिज ताइपेइ एक अंकका साथ तेस्रो स्थानमा छ ।चीन ६ अंकका साथ शीर्ष र म्यान्मार ४ अंक जोडेर दोस्रो स्थानमा छ ।

 

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.