No.1 News Portal from Sudurpashchim Province
bajaj

उपाध्यक्ष पौडेल भन्छन,’भीम रावलले एकपछि अर्को गर्दै पार्टीको हित विपरीत काम गरे’

गोकुलेश्वर। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले भीम रावलले पार्टीको हित विपरीत एकपछि अर्को गर्दै गलत काम गरेको आरोप लगाएका छन् ।

pm office

शुक्रबार प्रेस चौतारी कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले रावलले पार्टीका निर्णयविरुद्ध बोल्ने तथा अनुशासन उल्लङ्घन गर्ने काम गरिरहेकाले गल्ती स्वीकार्दै आत्मालोचना नगरे पार्टीले उचित निर्णय लिने बताए ।

‘भीम रावल जीले एउटा पार्टी सदस्य, नेताले गर्नुपर्ने कर्तव्य निर्वाह गरेको छैन । उहाँले पार्टीको निर्णयमानेको छैन । अनुशासन उल्लङ्घन गरेका छन् ।पार्टीलाई कमजोर पार्ने गतिविधि भइरहेका छन्,’ पौडेलले भने, ‘उनले एकपछि अर्को गल्ती गर्दै हुनुहुन्छ । कमरेड भीम रावलले आफ्ना गल्ती स्वीकार गर्नुस्, आत्मालोचना गर्नुस् ।’

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.