No.1 News Portal from Sudurpashchim Province
bajaj

पूर्व स्वास्थ्यकर्मी अध्यक्ष रहेको डिलाशैनीमा १० शय्याको अस्पताल अलपत्र,ठेकेदार प्रशासन गुहार्दै

गोकुलेश्वर।बैतडीको डिलाशैनी गाउँपालिकामा १० शय्याको अस्पताल निर्माणका लागि शिलान्यास गरिएको पालिका अस्पताल अलपत्र परेको छ । गाउँपालिकाले अस्पताल निमार्णमा चाँसो नदेखाउँदा अलपत्र परेको हो ।

अस्पताल निमार्णका लागि २०७८ असार २५ गते गाउँपालिका र मालिका एच.टि.सि. जेवी महेन्द्रनगर कञ्चनपुर निर्माण कम्पनी संग १३ करोड ६७ लाख ९५ हजार भ्याटसहित २०८० असार मसान्तसम्म अस्पताल निमार्ण सम्पन्न गरिसक्ने गरि सम्झौता भएको थियो ।

 गाउँपालिकाले मालिका एच.टि.सि.जेवी निर्माण कम्पनीलाई कार्यादेश दिएको पत्र ।

गाउँपालिकाले २०७८ कार्तिक ९ गते डिलाशैनी—७ खेतिगाउँमा अस्पताल निमार्ण गर्न जग्गा उपलब्ध गराएको थियो ।ठेकेदारले अस्पताल निमार्णका लागि जग्गा सम्म्याउने,निमार्ण सामाग्री,भौतिक संरचना लगायत अन्य  आवस्यक मेसिनहरु पुर्याइ निमार्ण कार्य अगाडी बढायो ।

गाउँपालिकाले २०७८ कार्तिक ९ गते डिलाशैनी—७ खेतिगाउँमा अस्पताल निमार्ण गर्न जग्गा उपलब्ध गराएको ठाउँ ।

भवन निमार्णका लागि जग खन्ने लगायत अन्य थुप्रै काम सुरु गर्दै गर्दा २०७८ मंसिर २७ गते गाउँपालिकाले अस्पताल निमार्णमा विवाद भएको भनि स्वास्थ्य मन्त्रालयको पत्र अनुसार तत्काल काम रोक्न ठेकेदारलाई पत्र पठाएको थियो । सोही पत्र अनुसार निमार्ण कार्य रोकियो ।

सम्झौताअनुसार निर्धारित मिति २०८० असार ३० गते भित्र भवन निर्माण कार्य सम्पन्न गर्नुपर्ने भए पनि पालिकाले अर्को ठाउँमा निमार्णका लागि जग्गा नदिदाँ अहिलेसम्म अस्पताल भवनको अत्तोपत्तो छैन् । 

मालिका एच.टि.सि. जेवी र डिलाशैनी गाउँपालिका बिच भएको सम्झौताले २०८० असार ३० मा भवन निमार्ण सकिसक्नु पर्ने हो,तर अब मात्रै एक सय १४ दिन बाँकी छ । भवनको निमार्ण कार्य अलपत्र छोडिएको छ । पालिकाकै गौरवको आयोजनालाई भवन निर्माण अधुरो र अलपत्र रहेको भएपनि गाउँपालिका चुपचाप छ ।

अस्पताल निमार्णका लागि ठाउँ उपलब्ध गराउन गाउँपालिकालाई १२ चोटीपत्र पठाएको भएपनि कुनै चाँसो नदेखाएको मालिका एच.टि.सि.जेवी निमार्ण कम्पनिका संञ्चालक बसन्त साउँदले बताए ।‘अस्पताल निमार्णका लागि साइट दिन भनि १२ चोटी बढी गाउँपालिकालाई पत्र पठाएको छु ।पालिकाले पत्रको कुनै जवाफ दिएन ।पटक पटक फोन गर्दा समेत उठाउँदैनन्।अझै कयौं नम्बरबाट फोन गरिसके उठाउँदै उठाउँदैनन् । जिल्ला प्रशासन कार्यालय बैतडी,जिल्ला समन्वय समिति बैतडीलाई समेत अस्पताल निमार्णका लागि आवस्यक समन्वय गरिदिनभनि पनि पत्र पठाई सकेको छु । गाउँपालिकाले वास्तै गर्दैन । काम अगाडी बढाउन साइट दिन आग्रह गरे मतलवै गरेनन् । ’

जिल्ला प्रशासन कार्यालय बैतडीलाई स्पताल निमार्णका लागि आवस्यक समन्वय गरिदिनभनि पनि पठाएको पत्र ।

उनले भने,‘गाउँपालिकाले आँखामा पट्टि र कानमा तेल हालेर सुतेजस्तै गरेको छ ।मैले पठाएको १२ पत्रको अटेर गरेको छ । मलाई साइट दिएको भए काम सुरु गर्ने थिए । अहिले सम्म काम सम्पन्न गरिसक्ने थिए । अरु ठाउँमा ठेकेदार खोज्न प्रशासनलाई आग्रह गर्छन मैले यहाँ प्रशासन गुर्हानु पर्ने भएको छ ।’ गाउँपालिकालाई पटक पटक ताकेता गरिरहेको र छिटो अस्पताल निमार्ण गर्न जग्गा दिन भनि आग्रह गरिरहेको उनले बताए ।

  एच.टि.सि.जेवी निमार्ण कम्पनिले गाउँपालिकालाई पठाएको पत्र ।

केन्द्र सरकारले डिलाशैनी—७ धामीगाउँ स्थित डिलाशैनी स्वास्थ्य चौकीलाई नै स्तरोउन्नती गरि १० शय्याको अस्पताल निमार्ण गर्नुपर्ने भनेको थियो,तर पहिलेको स्थानीय सरकार र ठेकेदारले डिलाशैनी स्वास्थ्य चौकी भएको ९,१० किलोमिटर टाढा भवन निमार्ण गर्न थालेपछि विवाद भई स्वास्थ्य मन्त्रालय सम्म मुद्धा परि काम रोकिएको गाउँपालिकाका प्रवक्ता यज्ञ भट्टले बताए ।

‘डिलाशैनी स्वास्थ्य चौकीलाई नै स्तरोउन्नती गरि १० शय्याको अस्पताल निमार्ण गर्नुपर्ने हो।ठेकेदारले स्वास्थ्य चौकीको १० किलोमिटर टाढा भवन निमार्ण कार्य अगाडी बढायो।त्यो ठाउँमा विवाद भइ काम रोकियो।अस्पताल निमार्ण गर्न १० करोड केन्द्र सरकार र ३ करोड ६५ लाख पहिलाको स्थानीय सरकारले दियो।अस्पताल ७ करोडमै बन्ने थियो।पहिलाको सरकारको मिलोमतोमा बढी रकममा ठेक्का दियो। पहिलाको सरकारले गरेका कार्यपालिकाका निर्णयहरु खोज्दै छौं । केही निणर्य अझै पाएका छैनौं ।’उनले भने,‘भर्खरै मात्र डिलाशैनी स्वास्थ्य चौकी भएको ठाउँमा अस्पताल निमार्ण गर्न आवस्यक पर्ने जग्गा नापजाँच र अस्पतालको नाममा हाल्यौं।सबै कागजपत्र अध्ययन गरि निमार्ण कार्य अगाडी बढाउँछौ।ठेकेदारले जग्गा उपलब्ध गराउ भन्दैमा हामीले उपलब्ध गराउन सक्दैनौं।आवस्यक प्रकिृया अनुसार जग्गा उपलब्ध हुन्छ ।अब हामी सबै प्रकिृया पुरा गरेर अस्पताल निमार्ण कार्य अगाडी बढाउछौं । ’

शिलान्यास भएको दुई बर्षभित्रमा नै अस्पताल निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको थियो।डिलाशैनीमा आधारभूत तहको अस्पताल निर्माण हुन थालेको भन्दै स्थानीय पनि खुसी भए।तर डिलाशैनीमा विशेषज्ञ सहितको स्वास्थ्य उपचार सेवा पाउने स्थानीयको सपना भने पुरा हुन सकेको छैन् । 

अस्पताल निर्माणको लागि शिलान्यास भएको २१ महिना हुँदा पनि पालिकाले ठेकेदारलाई अझै जग्गा उपलब्ध नगराउँदा भवन निर्माण अलपत्र परेको हो ।

डिलाशैनी—७ का किरन धामी स्वास्थ्य उपचारका लागि जिल्ला बाहिरी जानुपर्ने बाध्यता रहेको बताउँछन् । ‘हाम्रै डिलाशैनीमा विशेषज्ञ उपचार सेवा पाउने आसमा बसेको २ वर्ष हुन लाग्यो । तर अहिले सम्म पनि भवन निर्माण भएको छैन् । गत बर्ष भवन निर्माणको थालनी भएको थियो, पछि विवाद भयो भन्ने खबर आयो तर अहिले सम्म गाउँपालिकाले निमार्णमा वास्ता गरेको छैन् । कहिले बन्ला अस्पताल थाहा छैन् ।’उनले भने ‘हामीले आर्थिक जोहो गरेर धनगढी,नेपालगञ्ज र भारत उपचार गर्न जानुपर्ने हाम्रो बाध्यता छ ।’

डिलाशैनी—७ अर्का स्थानीय दिपक भट्टले कुनै ठुलो रोग लागिहाले काठमान्डौ नै पुग्नुपर्ने बाध्यता रहेको बताए ।‘कुनै ठुलो रोग लागिहाले काठमान्डौ नै पुग्नुपर्छ,बिरामिले समयमै उपचार नपाउँदा बिच बाटोमै ज्यान जान्छ । उनले भने, ‘गाउँमा अस्पालको काम अलपत्र परेर बसेको छ । याहि अस्पताल बनिदिए उपचार नपाएर अकालमै ज्यान फाल्नु पर्ने बाध्यता हुने थिएन् ।’

pm office

गाउँमै अस्पताल बनेपछि सामान्य बिरामी पर्दा उपचारको लागि टाढा जानुपर्ने समस्या हट्ने भन्दै खुसी बनेका स्थानीय अस्पताल निर्माणको काम अलपत्र बनेपछि निरास भएका छन् । ‘गाउँमा स्वास्थ्य चौकी भएपनि सामान्य रूघा, खोकी बाहेक उपचार हुँदैन ।,’ डिलाशैनी—३नन्दराम ओड भन्छन्,‘गाउँमै अस्पताल बनेपछि सहज स्वास्थ्य उपचार हुने भो भनेर स्थानीय खुसी भएका थिए अबत अस्पाल बन्छ भन्नेमै शंका लागेको छ ।’

तामझामको साथ शिलान्यास भएको भवन अलपत्र पर्दा उपचारका लागि धनगढी,नेपालगञ्ज,भारत वा निजी मेडिकलमा जानुपर्ने बाध्यता रहेको डिलाशैनीका स्थानीय बताउँछन् । पालिकामै विशेषज्ञ उपचार पाउनबाट वञ्चित भएको उहाँहरको गुनासो रहेको छ ।

भौगोलिक हिसाबले डिलाशैनी गाउँपालिका कमजोर र विकट ठाउँ हो ।सामान्य उपचारको लागी ३ देखि चार घण्टा सम्म हिड्नु पर्छ भने जटिलता बिरामीलाई धनगढी,नेपालगञ्ज वा काठमान्डौ पुग्न पर्ने बाध्यता यहाँका स्थानीयलाई छ ।

आधारभूत स्वास्थ्य सेवा गाउँघरमै पुर्याउने उद्देश्यसहित अस्पताल निर्माण गर्ने योजना बनाएको भएपनि अस्पताल निर्माणका योजना चौपट परेको छ । अस्पताल सञ्चालन ल्याउन पालिकाले चाँसो नदिएको स्थानीयको गुनासो छ । गाउँमै आधारभुत स्वास्थ्य सेवा पाउने डिलाशैनीका स्थानीयको सपना चक्नाचुर भएको छ ।

अस्पताल जस्तो संवेदनशील संरचना अलपत्र पर्दा पनि गाउँपालिकाले ठेकेदारलाई जग्गा उपलब्ध नगराएको,निमार्णका लागि कुनै पहल नचालेको भन्दै जनप्रतिनिधिहरूको आलोचना हुन थालेको छ । अझै झन गाउँपालिकाका अध्यक्ष सन्तोष प्रकाश जोशी पूर्व स्वास्थ्यकर्मी समेत हुन् ।

पालिका अध्यक्ष पूर्व स्वास्थ्यकर्मी रहेको पालिकामै यसरी अत्यावश्यक सेवाका रुपमा रहेको १० शय्याको पालिका अस्पताल निमार्ण कार्य अलपत्र पर्दा आलोचनाले बजार तातेको हो ।

तीन सय ९६ पालिकामा दुई वर्षभित्र निर्माण सम्पन्न गरेर सञ्चालन गर्ने गरी तत्कालीन प्रधानमन्त्री केपी ओलीले १७ मंसिर ०७७ मा आधारभूत अस्पताल शिलान्यास गरेका थिए । तर, २८ महिना हुँदा पनि भवन बन्न सकेका छैन् ।

अस्पताल नबनेको प्रति तीन दलको आपत्ती

१० शैय्या अस्पताल निर्माण कार्य अगाडी बढाउन डिलाशैनी सरकारलाई तीन ओटा दलले चैत ४ गते ज्ञापन पत्र बुझाएका थिए ।

नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले १० शैय्या अस्पताल निर्माण कार्य अगाडी नबढेकोमा अपत्ती जनाउदै ज्ञापन पत्र बुझाएका हुन् ।

पुरानो समझौता अनुसार अस्पताल निर्माण कार्य अगाडी बढाउन माग गर्दै उनीहरुले ज्ञापन पत्र बुझाएका थिए ।

निर्माण व्यवसयाीले पटकपटक पुरानै समझौता अनुसार काम गर्न साइड उपलब्ध गरिपाउँ भनेको भएपनि बेवास्ता गरिएको उनीहरुले बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको थियो ।

काम अगाडी नबढे समस्या आउने समेत तीन ओटै दलका गाउँकमिटि पदाधिकारीले ज्ञापन पत्र मार्फत सरकारलाई चेतावनी दिएका थिए ।

डिलाशैनी सरकारलाई तीन दलले बुझाएको ज्ञापन पत्र ।

गाउँपालिका र निर्माण कम्पनी संग अस्पताल निमार्णका लागि गरिएका सम्झौता पत्र लगायत अन्य कागजपत्रहरु : 

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.