No.1 News Portal from Sudurpashchim Province
bajaj

उतारचढावपछि शेयर बजार परिसूचक नेप्से आज झन्डै १८ अङ्कले बढ्यो

गोकुलेश्वर । लामो समयपछि शेयर बजार आज सोमवार बढेको छ । दिनभरको उतारचढावपछि शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ७० अङ्कले बढेर एक हजार नौ सय छ विन्दुमा पुगेको हो ।

pm office

आज लघुवित्त समूहको शेयर सामान्य घटेको छ भने अरू समूहको शेयर बढेको छ । आज बजारसँगै कारोबार रकममा पनि सामान्य सुधार आएको छ । दुई सय ६१ वटा कम्पनीका ४३ लाख आठ हजार कित्ता शेयर एक अर्ब ३८ करोड २७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको पाँच करोड ९० लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सुपरमाई हाइड्रो, कालिञ्चोक दर्शन लिमिटेड, एसियन हाइड्रोपावर र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको प्रमोटर शेयर १० प्रतिशतले बढेको छ । आज सबैभन्दा धेरै नेशनल माइक्रोफाइनान्सको शेयर १० प्रतिशत र जालपा सामुदायिक लघुवित्तको शेयर साढे आठ प्रतिशतले घटेको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.