बैतडीको श्रीकोट बहमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका गिरि विजयी
अनेरास्ववियुका प्यानल सहित विजयी
गोकुलेश्वर।बैतडीको दोगडाकेदार गाउँपालिकास्थित श्रीकोट बहुमुखी क्याम्पसको स्ववियु चुनावमा नेकपा (एमाले) निकट अनेरास्ववियुको प्यानलै विजयी भएको छ।

सभापतिमा अनेरास्ववियुका शम्भुराज गिरी ९२ मत ल्याउँदै विजयी भए। उनका निकटतम् प्रतिस्पर्धी माओवादी निकट अखिल (क्रान्तिकारी) का लोकबहादुर कार्कीले ६३ मत प्राप्त गरे।
सचिवमा अनेरास्ववियुकै रमेशदत्त भट्ट (९६), कोषाध्यक्षमा सुनिल जोशी (९४), सदस्यहरुमा क्रमशः दिनेश भट्ट (८८), पुष्पा कार्की (९३), सृजना लुहार (९८) मत ल्याउदै विजयी भएको निर्वाचन समितिले जनाएको छ।
नेविसंघ र अखिल क्रान्तिकारीले संयुक्त प्यानल बनाएर चुनाव लडेका थिए भने अनेरस्ववियु एक्लै चुनावी मैदानमा उत्रेको थियो ।
