शैल्यशिखर पोलिक्लिनिकमा चैत ११ गते बरिष्ठ स्त्री तथा प्रसुतीरोग विशेषज्ञ डाक्टर आउने,यी रोगको हुनेछ उपचार
गोकुलेश्वर। दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वर स्थित शैल्यशिखर पोलिक्लिनिक प्रा.लिमा यही चैत ११ गते बरिष्ठ स्त्री तथा प्रसुतीरोग विशेषज्ञ डा.सोनी कठायत सिंहले विशेषज्ञ चिकित्सकीय सेवा प्रदान गर्ने भएकी छिन् ।

उनले तल्लो पेट दुख्ने,सेतोपानी बग्ने,महिनावारीमा गडबढी,गर्भवती महिलाको भिडियो एक्सरे९युएसजी०,पाठेघरमा मासु पलाएको,अत्याधिक रक्तचा हुने, चिलाउने,ढाड दुख्ने तथा पाठेघर सम्बन्धी समस्या भएका महिलाहरुको चेकचाँच गर्ने लगायतका विशेषज्ञ चिकित्सकीय सेवा प्रदान गर्ने छिन् ।
०९३४०००३९ मा फोन गरेर समेत नाम दर्ता गर्न सकिने पोलिक्लिनिक जनाएको छ ।धेरै जसो महिलाहरु आफ्नो समस्या खुलेर पुरुष डाक्टरमाझ राख्न नस्कने भएकाले अबदेखि हरेक महिना महिला विशेषज्ञ डाक्टरबाट सेवा प्रदान गर्ने पोलिक्लिनिकले जनाएको छ ।
पोलिक्लिनिकले विगत १ वर्षदेखी विशेषज्ञ चिकित्सकीय सेवा प्रदान गर्दै आएको छ । यहाँ हरेक शनिबार विशेषज्ञ डाक्टर आउने गर्दछन् । सामान्य एवंम जटिल प्रकृतिका रोगको उपचारका लागि टाढाटाढा जानुपर्ने बाध्यताको अन्त्य शैल्यशिखर पोलिक्लिनिकले गरेको छ ।
