No.1 News Portal from Sudurpashchim Province
bajaj

सेटिगाउँ बहुमुखि क्याम्पसमा तालाबन्दी

गोकुलेश्वर।बैतडीको डिलाशैनी गाउँपालिका -६ स्थित सेटिगाउँ बहुमुखि क्याम्पसमा तालाबन्दी गरिएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु र नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिलक्रान्तिकारीले बिहीवार क्याम्पसमा ताला लगाएको हो ।

क्याम्पसले नियमित तर्फका विद्यार्थीहरुलाई मताधिकारबाट बञ्चित गराउने निर्णय गरेकोले तला लगाएको अखिलक्रान्तिकारीका बैतडी इन्चार्ज गोबिन्द मालले बताए ।

pm office

उनका अनुसार सो निर्णय सच्च्याउन पटक पटकमाग गरिएपनि क्याम्पस प्रशासनले नसुनेपछि बाध्य भएर तालाबन्दी गरिएको हो । क्याम्पसको सो निर्णयले ७० प्रतिशत विद्यार्थी मताधिकारबाट बञ्चित भएका छन् ।पठनपाठनमा अवरोध नहुने गरि निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरिएको उनले बताए ।

अनेरास्ववियु र अनेरास्ववियु क्रान्तीकारीले क्याम्पस प्रशासन लाई ज्ञापन पत्र बुझाउदा पनि बेवास्ता गरेकाले माग पुरा नभए सम्म तालाबन्दी नखुल्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

त्रिभुवन विश्व विद्यालय अन्तर्गतका क्याम्पसहरुमा चैत्र ५ गते देशभर निर्वाचन हुँदै छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.