कञ्चनपुरका पत्रकार सुरेश धामीलाई कार्यालयमै धम्की
धम्की दिने र थर्काउदै हिड्ने समूहमाथि कारबाहीको माग
गोकुलेश्वर।कञ्चनपुरका पत्रकार सुरेश धामीलाई पत्रिकाको कार्यालयमा अनाधिकृत रुपमा प्रवेश गरेको एक समूहले धम्की दिएको छ।
सदरमुकाम महेन्द्रनगरबाट प्रकाशित अपी टुडे दैनिकका प्रकाशक/सम्पादक रहेका धामीलाई कार्यालयमा अनाधिकृत रुपमा प्रवेश गरेर धम्की दिएको घटनाप्रति प्रेस चौतारी कञ्चनपुरले आपत्ति जनाएको छ ।

प्रेस चौतारी कञ्चनपुर शाखाका अध्यक्ष लक्ष्मणदत्त पन्तद्धारा हस्ताक्षरित विज्ञप्तिमा केही काम छ भन्दै राप्रपाका नेता शिशिर थापा नेतृत्वमा आएको अराजक समूहले पत्रिकाको कार्यालयमा प्रवेश गरेर धामीलाई अनावश्यक मानसिक यातना र धम्की दिएको उल्लेख छ । यो घटनाप्रति प्रेस चौतारी नेपाल कञ्चनपुर शाखाले शुक्रबार विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानार्कषण भएको जनाएको छ ।
प्रेस चौतारीका निवर्तमान केन्द्रीय सदस्य समेत रहेका धामीलाई दलबल सहित सञ्चार गृहको कार्यालयमै आएर आफुसँग असम्बन्धित विषयमा धम्कीदिने र दबाब श्रृजना गर्ने कार्यको प्रेस चौतारीले भत्र्सना गरेको हो ।
अनाधिकृत रुपमा पत्रिकाको कार्यालयमा आएर धम्की दिएका कारण पत्रिका प्रकाशनको काम समेत प्रभावित भएको उल्लेख छ । धम्की दिने र थर्काउदै हिड्ने अराजक समूहमाथि तत्काल छानबिन गरी कडाभन्दा कडा कारबाहीको माग प्रेस चौतारीले गरेको छ । साभार : सीमारेखा



