गायक बद्री पंगेनी र रचना रिमालको स्वरमा ‘पैसा सापटी’ नामको गीत बजारमा आएको छ। गीत, पैसा सापटी दिएपछि उत्पन्न हुने अवस्थालाई समेटेर तयार पारिएको छ ।
मानिसहरूले समस्या देखाएर पैसा सापटी माग्ने तर पैसा लगेपछि तिर्न नमान्ने बेथिति बढी रहेको विषय गीतमा समेटिएको हो । पैसा सापटी दिएपछि बोलचालसमेत हराउने गरेको भिडिओमा देखाइएको छ ।

बद्री पंगेनीकै रचना रहेको गीतमा विश्वास नेपालले संगीत भरेका हुन् । भिडिओमा सागर लम्साल ’बले’ अनु रेग्मी, नन्द बस्याल, सन्तोस पौडेल ‘बटुक’ लगायतको अभिनय छ ।
हेर्नुहोस् भिडिओ



