No.1 News Portal from Sudurpashchim Province
bajaj

एसईई परीक्षाको प्रश्नपत्र छपाइ कार्य शुरू

गोकुलेश्वर । यस वर्षको एसईई परीक्षाको प्रश्नपत्र छपाइ शुरू भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठसहितको टोली शनिबार जनक शिक्षा सामग्री पुगेको थियो । त्यसलगत्तै हिजो आइतबारबाट प्रश्नपत्र छपाइ शुरू भएको हो । नेपाली सेनासहित तीन सुरक्षा निकायको घेराभित्र प्रश्नपत्र छपाइ शुरू भएको हो । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रवक्ता चित्रकुमार आचार्यले करिब ७२ जनाको सुरक्षा घेरामा प्रश्नपत्र छाप्न थालिएको बताउनु भएको छ ।सुरक्षाको कमान्ड नेपाली सेनाका सेनानीले गरेका छन् । भित्री घेरामा नेपाली सेना, त्यसपछि सशस्त्र र सबैभन्दा बाहिरी घेरामा नेपाल प्रहरीको टोली परिचालित रहेका छन् ।

pm office

 

 केन्द्रका करिब ५० जना कर्मचारीले प्रश्नपत्र छाप्न लागेका छन । प्रश्नपत्र छपाइको तयारीका लागि शुक्रबार बैठक भएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीको अध्यक्षतामा बसेको बैठकले प्रश्नपत्र छपाइ गर्ने निर्णय गरेको थियो ।

यो वर्ष ५ लाख १६ हजार विद्यार्थीहरुका लागि प्रश्नपत्र छपाइ भइरहेको छन । परीक्षामा २ लाख ६० हजार छात्र र २ लाख ५६ हजार छात्रा सहभगी हुने देखिएका छन। ती विद्यार्थीका लागि सातवटै प्रदेशमा फरकफरक सेटमा प्रश्नपत्र छपाइ हुने भएका छन ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.