No.1 News Portal from Sudurpashchim Province
bajaj

प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने

गोकुलेश्वर। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने भएमा छन। बिहीवार (आज) बसेको मन्त्रिपरिषद् बैठकले विश्वासको मत नलिइ धारा ७६ को उपधारा ५ अनुसार सरकार गठनको प्रक्रियाअघि बढाउने निर्णय गरेको हो ।

संविधानको धारा ७६ को उपधारा ५ अनुसार बनेको प्रधानमन्त्रीले पनि विश्वासको मत लिन नसके स्वतः मध्यावधि चुनावको मिति घोषणा गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

pm office

बहुमतको आधारमा सरकार बन्न नसकेपछि सबैभन्दा ठूलो दलको संसदीय दलको हैसियतमा अल्पमतको सरकारको रूपमा प्रधानमन्त्री ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेको थियो । अघिल्लो हप्ता मात्रै संविधानको धारा ७६ (३) अनुसार ओली प्रधानमन्त्री नियुक्त भएका थिए ।

अल्पमतको सरकारले ३० दिनभित्र विश्वासको मत लिन नसके संविधानको धारा ७६ को ५ अनुसार प्रतिनिधि सभाका जुनसुकै सदस्यले बहुमत छ भन्ने आधार पेस गरेमा उनलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने संवैधानिक प्रावधान रहेको छ ।

यस्तै बैठकले जेठ ९ गते संसद्को अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णयसमेत गरेको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.