No.1 News Portal from Sudurpashchim Province
bajaj

प्रधानमन्त्री ओलीको शपथग्रहणविरुद्धको मुद्दा प्रधानन्यायाधीश राणाको एकल इजलासमा

गोकुलेश्वर। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार लिएको पद तथा गोपनियताको शपथविरुद्ध परेका चारवटा रिटको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र राणाको बेञ्चमा हुने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट लिइएको शपथमा शब्द छुटाएको भन्दै उक्त शपथ बदरको माग गर्दै सोमबारसम्म सर्वोच्चमा चारवटा रिट परेका थिए । ती रिटको सुनुवाइ प्रधानन्यायाधीश राणाको बेञ्चमा नै सुनुवाइ हुन लागेको हो ।

pm office

अधिवक्ता चन्द्रकान्त ज्ञवाली र लोकेन्द्र वली, नवराज अधिकारी, सन्तोष भण्डारी, राजकुमार सुवाल समेतले दायर गरेका चार वटा छुट्टाछुट्टै रिट दर्ता भएका छन् ।

रिटमा कानुनमै नभएको व्यहोरा पढेर प्रधानमन्त्री ओलीले लिएको शपथ बदर गरिपाऊँ, संघीय कानुन बनाएर शपथको व्यहोरा तोकिपाऊँ त्यतिन्जेल प्रधानमन्त्रीका रूपमा ओलीलाई कामकारबाही गर्नबाट रोकिपाऊँ र सात गैरसांसदलाई दोहोर्‍याएर गरिएको असंवैधानिक नियुक्ति खारेज गरिपाऊँ भन्ने उल्लेख छ ।

त्यसबाहेक प्रधानमन्त्रीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्दावली पढ्नुपर्दैन भन्दै लिएको शपथले राष्ट्रपति संस्थाप्रति मानमर्दन भएको रिटमा भनिएको छ । यस्तै प्रधानमन्त्रीको शपथ र त्यसपछि प्रधानमन्त्रीले सात मन्त्रीको नियुक्तिविरूद्ध अधिवक्ता सन्तोष भण्डारीले पनि अर्को रिट पेश गरेका छन् ।

प्रधानमन्त्री ओलीले शपथका क्रममा ‘मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक यो प्रतिज्ञा गर्छु कि’ भनेर राष्ट्रपति विद्या भण्डारीले शपथ गराउँदा ओलीले ‘यो प्रतिज्ञा गर्छु कि’ भन्ने वाक्यांश छुटाएका थिए । प्रधानमन्त्री ओलीले छुटाएको उक्त वाक्यांश राष्ट्रपति भण्डारीले दोहोर्‍याएकी थिइन् । ओलीले भने ‘यो पर्दैन’ भन्दै शपथग्रहण अगाडि बढाएका थिए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.