No.1 News Portal from Sudurpashchim Province
bajaj

कर्णाली प्रदेशका नवनियुक्त दुई मन्त्रीले लिए शपथ

गोकुलेश्वर। कर्णाली प्रदेशका नवनियुक्त दुईजना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्मा र आन्तरिक मामिला तथा कानून एवं युवा तथा खेलकुदमन्त्री सीताकुमार नेपालीले शपथ लिएका हुन् ।

pm office

सोमबार दिउँसो प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नवनियुक्त मन्त्री शर्मा र नेपालीलाई पद तथा गोपनीयताको शपथ खुवाएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार मन्त्रिपरिषद् विस्तार गर्दै शर्मा र नेपालीलाई मन्त्रीमा नियुक्त गरेका थिए ।

गत बुधबार मुख्यमन्त्री शाहीले सुर्खेतका सांसद विन्दमान विष्टसहित ३ जनालाई मन्त्रीमा नियुक्त गरेका थिए । तर, वैशाख ३ गते सांसदमा मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको नेपाली कांग्रेसले दुईवटा मन्त्रालय मागेपछि विष्ट पार्टीको निर्देशन अनुसार पछि हटेको मुख्यमन्त्री निकट एक नेताले बताए ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.