गोकुलेश्वर। रुडुक नेपालकी केन्द्रीय महासचिव,नेपाल हिन्दू महासंघकी वरिष्ठ उपाध्यक्ष तथा काँग्रेस नेतृ जोत्सना साउँदले गृह जिल्ला कञ्चनपुरलाई स्वास्थ्य सामाग्री सहयोग गरेकी छन्।
विश्व महारीका रुपमा फैलिरहेको कोरोना भाइरससंग लड्न महासचिव साउँदले गृह जिल्ला कञ्चनपुरका लागि तीन थान अक्सिजन कन्सनट्रेटर, १५ थान अक्सिमिटर, स्यानीटाइजर, मास्क लगाएतका स्वास्थ्य सामाग्री सहयोग गरेकी छन् ।

यस्तै एक थान अक्सिजन कन्सनट्रेटर र पाँच थान अक्सिमिटर नेपाल पत्रकार महासंघ सुदूरपश्चिम शाखालाई सहयोग गरेकी छन् । विश्व महामारीका रुपमा फैलिरहेको कोरोना संग लड्न देश विदेशमा रहेका साथीहरुको सहयोगमा स्वास्थ्य सामाग्री सहयोग गरिएको महासचिव साउँदले बताए ।
अस्पतालमा अक्सिजन,अक्सिजन कन्सनट्रेटर लगायतका स्वास्थ्य सामाग्रीको अभावले विरामीहरु ज्यान गुमाइरहेका छन् ।’ महासचिव साउँदले भने ‘उक्त समस्यालाई मध्यनजर गर्दै केही स्वास्थ्य सामाग्री सहयोग गरेकी हु, अझ बढी स्वास्थ्य सामाग्री सहयोग गर्ने योजना थियो तर बजारमा स्वास्थ्य सामाग्री अभावका कारण गर्न सकिएन ।
उनको सुदूरपश्चिमका सबै जिल्लामा स्वास्थ्य सामाग्री सहयोग गर्ने प्रयास रहेको छ। साउँद निरन्तर यस्ता सामाजिक कार्य गर्दै आएकी छन ।



