No.1 News Portal from Sudurpashchim Province
bajaj

दार्चुलामा जीप दुर्घटना हुँदा ४ जना घाइते

गोकुलेश्वर। दार्चुलामा जीप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । जिल्लाको नौगाड गाउँपालिका–४ मल्ला मट्टे भन्ने ठाउँमा आइतबार (आज) बिहान से१ज १०७८ नम्बरको जीप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।

pm office

दुर्घटनामा नौगाड–४ का ३० वर्षीय धनबहादुर धामी, २८ वर्षीय कमलेश टमटा, २९ वर्षीय सुरे ठगुन्ना र २८ वर्षीय धनबीर टमटा घाइते भएका छन् ।

घाइते चारै जनाको अवस्था मध्यम छ। उनीहरुको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारण भने खुलेको छैन्।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.