अंकित कुँवर, दार्चुला । जीवन भन्नु कहानीको संगालो हो । हरेक मानिसको जीवनमा आ–आफ्नै कहानी हुन्छ, भोगाइ र अनुभव हुन्छ । त्यही भोगाइ र अनुभवको बृहत् संगालो हो जीवन । मानिसको जीवनमा पृथक–पृथक कथा हुन्छ, व्यथा हुन्छ फरक यति हो, कसैको कोरिएको हुन्छ भने कसैको कोरिएको हुँदैन । मेरो जीवनमा मैले पनि केही भोगाइ अनि अनुभूति संगालेको छु । त्यहीँ विषयलाई संक्षिप्तमा यहाँ प्रस्तुत गर्ने जमर्को गरेको छु ।
“म रेडियोकर्मी हुँ” चाडपर्वको बेला परिवारका सदस्य (आमा,बुवा) बाट टिका ग्रहण गर्दे आर्शिवाद लिन आखिर कसलाई रहर हुँदैन र ? रेडियोकर्मी भएकै कारण कुनै बेला त लाग्छ कि– “साँच्चै आमाबुवा घरपरिवारबाट टाढिएकै हुँ” ।

कार्यलयका कर्मचारीको झै तोकिएको बिदा रेडियोमा कहिल्यै भएन र हुँदैन पनि । बिदाको दिन पनि कोठा बाट बाहिर निस्कनै पर्ने, काम अधिक नै छ । ज्यानलाई बिश्राम दिनुपर्ने मेरोे बाध्यता आफैमा कष्टकर हुदाहुदै पनि हिजो रातको १२ः ३० मा ओछ्यानमा थाती राखेर छोडेको ज्यान बिहान ४ः४५ देखि नै ओछ्यान छोड्न हड्बडाउन थाल्यो, रातभरी सपनाले छिया छिया पारेको मनोबृति सिरानी बाट टाउको हल्चलाउदा कताकता सिरानीको एक हर निथरुक्क भैसकेको रहेछ । सिरानी माथि झ्यालको चौकोशमा झुन्ड्याएको सर्टबाट चुहिएको तपतप थोपाले बाहिर बर्षा भैरहेको छ भन्ने प्रष्ट भान भयो । घर परिवारको याद अनि कामको थकानको प्यारो सिरानी ओछ्यानबाट हटाउदै ओभानो तिर लाग्न खोज्दा झ्यालको एउटा पलेटा दुर्घटनाग्रस्त गाडी झैँ पर पार्किंगमा क्षतिग्रस्त भैसकेको आभास भयो ।
चाडवाडको बेला साथीभाई अनि घरपरिवारको याद त आई नै हाल्छ । ओछ्यानमा एक्ला एक्लै सोच्दै गर्दा भोलिपल्ट बिहानको ५ः३० बजिसकेछ, अब त बा आमा उठ्ने बेला भईसक्यो, बिहान ७ः०० काममा हाजिर हुनुपर्ने, भिजेको ओछ्यानलाइ उल्टायर गोडामुनी सिरानी बनाई भविष्य र आफ्ना ईच्छा र खुशीहरु लुकाएर मातृत्व, परेली भिजाउदै उठ्न ज्यानले नमाने पनि बाध्यताको आलारमले झक्झक्याइ छाड्यो,

गौराको मुख्य दिन आज, अरु बिहान भन्दा आजको बिहान सुनसान देखियो, सुईय सुईय गुड्ने गाडीहरुलाई पनि थकाई लागेर बिदा बसेका छन कि जस्तो भयो । अक्कल झुक्कल पैदल हिडेका बटुवाहरु हाजिर पुस्तिका भेट्टाउन हस्याङ्ग फस्यांग गरिरहेका थिए ।
रेडियो मेरो जिन्दगीको मेरुदण्ड जस्तै भएको छ,्र यो संग जिन्दगीका हरेक समस्या र आबश्यकता दुबैले सहकार्य गर्दै मलाई साध्य बनाई साधन संग निकट सम्बन्ध राख्न खोज्छन, त्यसैले रेडियोकै खटनमा चल्दा चल्दै एउटा स्वःपन गुमाउदै यसरी भौतारिरहेको छु, जसरी टाउको काटेर छोडेको भाले छटपटाउछ ,
समयले मलाई पर्खिएन, बिहानको ६ः४५ बजिसकेछ, कोठा बाट रेडियो सम्म पुग्न ठ्याक्कै १० मिनेट लाग्छ, हतार हतार रेडियो कार्यलयमा पुग्दा हाजिर कापीमा आजको काम पक्का गरियो, हामीले समयलाई फ्लो अप गर्नु पर्छ भन्छौ तर बास्तबमा समयले नै हामीलाई फ्लो अप गरिरहेको हुन्छ , त्यसैले त समयले जे देखायो त्यहि गर्नु छ , टिप्नु छ अनि ऊस्कै पछि पछि हिड्नु छ , कस्लाई के समस्या आईपर्छ त्यो समयकै भरमा छ , जिन्दगीको व्यस्तता सदैब यस्तै छ ।
सुदूरश्चिमेलीहरु (हाम्रो) महान पर्व गौराको मुख्य दिन आज, आमाले घरबाट फोन गरेर भन्नुभयो– “ए बा तोई छुट्टि नाईमिली त ? क्यानाई आएई घर ? मुईत तँई आब घर पुजन्छै भणी बाट हेरेकि हेरेई थे, ओल्ला पल्ला तल्ला मल्ला घरालई सप्पै आईग्या, सप्पै आज गुँरा दिन लौन सेल खिर निक निको पाकाई खान्ना तै घर नाई आएई बेल्ली पल्ला घर तेरो दादा पारे डिल्ली होई ल पुजिग्यो तै हमरी ठौर एई होई नाईआएई धेकेई” (आमा भक्कानिदै रुनुभयो) अनि मैले पनि आँशु पुछ्दै भने– “ईज्या रेडियो माई काम कतिप छ, औलो भणी सुचेईको थ्या आब थोक्कादिमाई औले तम जन रो मुई काहिँ टाणा नाई छु तम तनाब जनगर.. अईल ओल्ला पल्ला घरा दादातिनुन घरै छन् ५,६ दिनमाई आईगे”
बाध्यता र आबश्यकता चट्टान भन्दा कडा हुन्छन्, यिनै चट्टान संग संघर्ष गर्दा गर्दै हरेक पलमा योजना बुन्दै बुनिएको साङ्ग्लो कति खेर च्याट्ट छिन्ने हो कस्लाई के थाहा ।
“समाज सेवा र रहरको पेसा मात्र रेडियोकर्मी जस्तो लाग्छ” ।



