No.1 News Portal from Sudurpashchim Province
bajaj

प्रधानमन्त्री देउवा : सरकारको प्राथमिकता सबै नागरिकलाई कोरोनाविरूद्धको खोप

गोकुलेश्वर। प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको प्राथमिकता सबै नागरिकलाई कोरोनाविरूद्धको खोप भएको बताएका छन् ।

pm office

सरकारले विश्वासको मत पाएको भोलिपल्ट सोमबार काठमाडौँका खोप केन्द्रको स्थलगत निरीक्षणमा निस्किएका प्रधानमन्त्री देउवाले सरकारको प्राथमिकता सबै नागरिकलाई खोप भएको बताएका हुन् ।

काठमाडौं उपत्यकाभित्रको नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीको खोप केन्द्रमा देउवाले अमेरिकाले दिएको कोरोनाविरूद्धको ‘जोन्सन एण्ड जोन्सन’को खोप अभियान शुभारम्भ पनि गरेका छन् । सो क्रममा उनले खोप सहज रूपमा लगाउने प्रवन्ध मिलाउन पनि निर्देशन पनि दिएका छन् ।

‘मेरो सरकारको प्राथमिकता सबैलाई कोरोनाविरुद्धको खोप हो । नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीको खोप केन्द्रको स्थलगत अनुगमन गरेको छु । खोप सहज रुपमा लगाउने प्रवन्ध गर्न निर्देशन पनि गरेको छु,’ प्रधानमन्त्री देउवाले ट्वीट गर्दै भनेका छन् ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.