गोकुलेश्वर । सुदूरपश्चिमको तिन जिल्ला कैलाली, कञ्चनपुर र डोटीबाट एकैदिन १३ जना फरार प्रतिबादी पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीबाट लागुऔषध(नाईट्रोभेट) मुद्दामा २ वर्ष कैद र १ लाख जरिवाना सजाय भई फरार रहेका धनगढी उप महानगरपालिका–४ बस्ने ३० वर्षीय इन्द्रबहादुर बढैला पक्राउ परेका छन्। बढैलालाइ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट शुक्रवार पक्राउ गरेको हो।

यसैगरी जिल्ला अदालत कञ्चनपुरबाट बिभिन्न मुद्धामा सजाय तोकी फरार रहेको १० जना फरार प्रतिबादीहरुलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शुक्रवार पक्राउ गरेको छ। पक्राउ पर्नेमा लालझाडी गाउँपालिका–२ बस्ने काठ चोरि मुद्दामा २०७३ माघ ११ गतेको फैसलाले जनही ९ हजार २८४ जरिवाना तोकिएका ४५ वर्षको जिवन राना, ३५ वर्षका चाईना चौधरी, ३८ वर्षको राजु राना, ३८ वर्षको बेचेराम राना र ५२ वर्षका दुख्खन राना रहेको छन्।
२०८१ असार २१ गतेको फैसलाले काठ चिरान तथा ओसापोसार मुद्दामा ३ महिना कैद ४८ हजार ७२२ जरिवना भएको कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ बस्ने ४५ वर्षीय मिनबहादुर बिष्टलाई उनको घरबाट पक्राउ गरेको छ। यसैगरी फैसला कार्यान्वयनकै सिलसिलामा जिल्ला अदालत कञ्चनपुरको मिति २०५१ माघ ५ गतेको फैसलाले कुटपिट मुद्दामा जनही ६ सय जरिवाना तोकिएका कञ्चनपुर कृष्णपुर नगरपालिका–३ बस्ने ४५ वर्षीय श्यामबहादुर पार्की, ४७ वर्षीय पुन्टु कैनी र ६० वर्षीया माता देवी कैनीलाई जिल्ला प्रहरी कार्यालय कञ्चपुरबट खटिएको टोलीले शुक्रवार पक्राउ गरेको छ। साथै अदालतकै मिति २०७२ मंसिर १३ गतेको फैसलाले करकाप मुद्दामा १२५ जरिवाना तोकिएको कञ्चनपुर कृष्णपुर नगरपालिका–३ बस्ने ५४ वर्षीय समुदा ताम्राकारलाई पक्राउ गरेको छ।
उता जिल्ला अदालत डोटीको मिति २०६१ मंसिर १६ गतेको फैसलाले जवरजस्तीकरणी मुद्दामा २ वर्ष ६ महिना कैद सजाय तोकिएपछि फरार रहेका के.आई. सिंह गाउँपालिका–७ चौण बस्ने ८० वर्षीय जोगी नायक भण्डारीलाई इलाका प्रहरी कार्यालय दिपायलबाट खटिएको प्रहरी टोलीले उनको घरबाट पक्राउ गरेको छ।
यस्तै जिल्ला अदालत डोटीकै मिति २०७८ कार्तिक २८ गतेको फैसलाले बाल विवाह मुद्दामा १ वर्ष ५ महिना ९ दिन कैद सजाय तोकिएको फरार प्रतिबादी जोरायल गाउँपालिका–३ ब्रहम ५५ वर्षीय तिलक ओलीलाई इलाक प्रहरी कार्यालय जोरायलबाट खटिएको प्रहरी टोलीले डोटी जोरायल गाउँपालिका–३ चनकट्टे बजारबाट पक्राउ गरेको हो। पक्राउ परेका १३ जनालाई सम्बन्धि जिल्ला अदालतमा पेश गरेको प्रहरीले जनाएको छ।



