गोकुलेश्वर । दार्चुलाको अपिहिमाल गाउँपालिकामा गाउँपालिका स्तरीय अध्यक्षकप खुल्ला पुरुष भलिबल प्रतियोगिताको सुरु भएको छ ।
नयाँ बर्ष तथा बिसु पर्वको अवसरमा गाउँपालिकाको आयोजनामा सञ्चालन भईरहेको गाउँपालिका अध्यक्षकप खुल्ला पुरुष भलिबल प्रतियोगिताको शुक्रवार (आज) उद्घाटन गरिएको गाउँपालिकाका शिक्षा शाखामा कार्यरत प्राविधिक सहायक मदन राज जोशीले जानकारी दिए ।
गाउँपालिकाका शिक्षा शाखा अधिकृत विरेन्द्र साउदको अध्यक्षता रहेको उद्घाटन कार्यक्रममा गाउँपालिकाको वडा नम्बर ५ का वडा अध्यक्ष राजेन्द्र सिंह धामी प्रमुख अतिथि रहेका थिए ।
वडा नम्बर ५ मा रहेको भवानी माध्यमिक विद्यालय सौगन्नाको खेल मैदानमामा सञ्चालन भइरहेको प्रतियोगिता मा गाउँपालिका भित्रका १२ वटा टिमहरुको सहभागिता रहेको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार रुपैँया नगद पुरष्कार पाउने छ। त्यस्तै द्धितीयले ३० हजार र तृतीय हुने टिमले २० हजार नगदसहित ट्रफि र मेडल पुरस्कार पाउने खेलकुद समितिले जनाएको छ ।