No.1 News Portal from Sudurpashchim Province
bajaj

गृहमन्त्रीद्धारा आपतकालीन गोदाम सुदूरपश्चिमका प्रदेश सरकारलाई हस्तान्तरण

गोकुलेश्वर । धनगढी बिमानस्थलमा रहेको आपतकालिन गोदामघर गृहमन्त्री लेखकद्धारा सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहलाई हस्तान्तरण गरिएको छ। । सङ्घीय सरकारले धनगढी उपमहानगरपालिका -१३ मा स्थित धनगढी विमानस्थलमा रहेको प्रादेशिक आपतकालिन गोदामघर सुदूरपश्चिम सरकारलाई हस्तान्तरण गरेको हो।

pm office

आपतकालिन गोदामघर हस्तान्तरण कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले भने, “सात प्रदेश मध्ये ६ प्रदेशको आपतकालिन गोदामघर रहेको छ, तर केहि आवश्यक सामाग्री झिक्न प्राधिकरण अनुमति चाहिने भएकाले प्रदेश सरकारलाई नै हस्तान्तरण गरीएको हो । उनले काठमाडौंमा रहेको आपतकालिन गोदामघरलाई केन्द्रिय आपतकालिन गोदामघरको रुपमा बिकास गर्ने र बिदेशबाट समेत सामाग्री मगाउनु्पर्ने, बैदेशिक सहयोग तथा खरीद गरेर प्रदेशका आपतकालिन गोदामघरलाई बितरण गरीने समेत बताए ।

कार्यबिधिसँगैआवश्यक मापदण्ड बनाएर प्रदेशलाई हस्तान्तरण गरीएका आपतकालिन गोदामघरको रेखदेख प्रदेश सरकारले गर्नुपर्ने उनले बताए। त्यसका साथै उनले बिपदको समयमा सुरक्षा निकायलाई प्रदेश सरकारसँगको समन्वयमा काम गर्न निर्देशन समेत दिए । गृहमन्त्री लेखकले हस्तान्तरण गरेको गोदाममा भारतीय टेन्टहरू २६५, चीनीय टेन्टहरू ३९०, सिलिपिङ्ग ब्यागहरू २३७, कम्बलहरू पाँच सय बेडहरू २३१, म्याट्रेज पाँच सय लगायतका सामाग्रीहरू रहेका छन्। विपद्को समयमा आवश्यक अन्य सामाग्रीहरू पनि गोदाममा रहेका छन्। धनगढी विमानस्थलमा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले निर्माण गरेको आपतकालीन गोदामघर आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गत रहने गरी अब प्रदेश सरकार मातहतमा आएको छ ।

 

 

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.