गोकुलेश्वर । दार्चुलाको लेकममा सम्पन्न पाँचौं गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लटिनाथ मावि चौपाताले प्रथम स्थान प्राप्त गरेको छ ।

माघ २६ गतेदेखि आजसम्म लेकम गाउँपालिका वडा नम्बर ३ स्थित कृष्ण मावि लालीको खेलमैदानमा सञ्चालन भएको प्रतियोगितामा मावि चौपाता १४ स्वर्ण ५ रजत र ४ कास्य गरी २३ पदक सहित प्रथम भएको हो ।
प्रतियोगितामा कृष्ण मावि लाली ८ स्वर्ण ११ रजत र ७ कास्य गरी २६ पदक सहित द्वितीय भएको छ । यस्तै हुनैनाथ मावि कुणी ६ स्वर्ण ५ रजत र ७ कास्य गरी १८ पदक सहित तृतीय भएको आयोजकले जनाएको छ ।



