गोकुलेश्वर । बैतडीको डिलाशैनी गाउँपालिकास्तरीय पाचौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता शुरु भएको छ ।

आज एक कार्यक्रमका बिच वडा नम्बर ५ स्थित हरिनगर खेल मैदान गोकुलेश्वरमा प्रतियोगिताको उद्धघाटन गरिएको हो । डिलाशैनी गाउँपालिका खेलकुद विकास समिति अध्यक्ष बिरेन्द्र बोहराको अध्यक्षता एंव गाउँपालिका अध्यक्ष सन्तोष जोशीको प्रमुख आतिथ्यतामा पाचौँ पालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्धघाटन गरिएको हो ।
प्रतियोगितामा गाउँपालिकाभित्रका १३ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको छ ।



