गोकुलेश्वर । बैतडीको डिलाशैनीमा आजदेखि गाउँपालिकास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता शुरु भएको छ ।

वडा नं ५ गोकुलेश्वर स्थित हरिनगर खेलमैदानमा आज एक कार्यक्रमकाबीच प्रतियोगिताको उद्दघाटन गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामी प्रमुख अतिथि रहेको प्रतियोगिताको उद्दघाटन सत्रमा डिलाशैनी गाउँपालिकास्तरीय खेलकुद विकास समितिका अध्यक्ष विरेन्द्रबहादुर बोहरा, डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशी, उपाध्यक्ष भगीरथ बोहरा, वडा अध्यक्ष लगायत अन्य सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।
प्रतियोगितामा डिलाशैनीभित्रका ६ टीमको सहभागिता रहेको छ । उक्त प्रतियोगितामा प्रथम हुनेलाई नगद ४० हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने दोश्रो हुने टीमलाई नगद २५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै प्रतियोगितामा तेश्रो हुने टीमलाई नगद १५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजक डिलाशैनी गाउँपालिकाले जनाएको छ ।



