गोकुलेश्वर । दार्चुलाको शैल्यशिखरमा जारी नगरपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज छैटौं दिनमा सम्पन्न भएको छ।
तीन दिन चल्ने भनिएको नगरपालिकाको वडा नम्बर ९ गोकुलेश्वरमा पुस २४ गते देखी सञ्चालित प्रतियोगिता आज छैटौं दिन सम्पन्न भएको हो ।

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता छनोटको लागी सञ्चालन भएको प्रतियोगितामा नगरपालिका भित्रका १४ सामुदायिक र १ संस्थागत गरि १५ वटा माध्यमिक विद्यालयको सहभागीता रहेको नगर खेलकुद विकास समिति उपाध्यक्ष जनक साउदले बताए ।
प्रतियोगितामा १३ स्वर्ण ९ रजत र ५ कास्य गरि कुल २७ पदक सहित गोकुलेश्वर माध्यमिक विद्यालय प्रथम त्यस्तै ७ स्वर्ण ६ रजत र ५ कास्य गरि कुल १८ पदक सहित गलैनाथ माध्यमिक विद्यालय झरकडा द्धितिय र ६ स्वर्ण ४ रजत र १० कास्य गरि कुल २० पदक सहित सत्य प्रकाश माध्यमिक विद्यालय देथला तृतीय भएको छ ।
प्रतियोगितामा कृष्ण माध्यमिक विद्यालय बलाचले ६ स्वर्ण ३ रजत र ४ कास्य गरि कुल १३ पदक प्राप्त गरेको छ । त्यस्तै मालिकार्जुन माध्यमिक विद्यालय मिलमिलीले ३ स्वर्ण २ रजत र १ कास्य गरि कुल ६ पदक, पशुपती भवन माध्यमिक विद्यालय ग्वानीले २ स्वर्ण ४ रजत र ६ कास्य गरि १२ पदक, मालिकार्जुन माध्यमिक विद्यालय काँडापारीले २ स्वर्ण ३ रजत ३ कास्य गरि कुल ८ पदक प्राप्त गरेको छ ।
त्यस्तै लटिनाथ माध्यमिक विद्यालय तल्चौराले १ स्वर्ण ३ रजत र २ कास्य गरि ६ पदक, लटिनाथ माध्यमिक विद्यालय बस्कोटले १ स्वर्ण ३ रजत र २ कास्य गरि कुल ६ पदक, हुनैनाथ माध्यमिक विद्यालय देवथलीले १ स्वर्ण १ रजत र ४ कास्य गरि ६ पदक, मालिकार्जुन माध्यमिक विद्यालय आगरले १ रजत र ४ कास्य गरि कुल ५ पदक, बद्रीनाथ माध्यमिक विद्यालय बोहोरीगाउँले २ रजत र ३ कास्य गरि कुल ५ पदक र भुमिराज माध्यमिक विद्यालय तौकीले १ कास्य पदक प्राप्त गरेको छ। भुमिराज माध्यकिम विद्यालय तल्लो काँडापारी र प्रतियोगितामा सहभागीता जनाएको एक मात्रै संस्थागत विद्यालय चौलानी बोर्डिङ स्कुलले कुनै पनि पदक जित्न नसकेको बताइएको छ ।



