गोकुलेश्वर । दार्चुलाको लेकम गाउँपालिकामा तीन विद्यालयका विद्यार्थीहरुलाई साइनिङ नेपाल फाउन्डेसन र शान्ति सेवा गृहले न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेको छ ।

लेकम ६ स्थित मालिकार्जुन मा.वि तेलिगाउ, बालिचन आ.वि .तिउनेगाउ र खोदाइनाथ आवि गडेतका सम्पूर्ण विद्यार्थीहरुलाई र त्यस क्षेत्रका दलित समुदायलाई एक कार्यक्रमका बीच आज न्यानो कपडा सहित शैक्षिक सामग्री वितरण गरेको हो ।
मालिकार्जुन मावि तेलिगाउमा सम्पन्न कार्यक्रममा दुईवटै संस्थाका पदाधिकारीहरु , तिनवटै विद्यालयका शिक्षक , विद्यार्थी , अभिभावकहरु , जन प्रतिनिधि लगायत राजनीतिक दलका प्रतिनिधि हरुको उपस्थिति रहेको थियोे ।



