No.1 News Portal from Sudurpashchim Province
bajaj

डडेल्धुराका बेपत्ता व्यवसायी मृत फेला

गोकुलेश्वर । डडेल्धुराका व्यवसायी खेमसिंंह प्वाली मृत फेला परेका छन्। सोमबारदेखि बेपत्ता रहेका प्वाली बुधबार मृत भेटिएका हुन्।

pm office

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार ५३ वर्षीय पालीको शव परशुराम नगरपालिका–६ करालीस्थित महाकाली नदीको किनारमा फेला परेको छ। घटनास्थलबारे अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले बताए।

सोमबारदेखि परिवारको सम्पर्कमा नआएपछि उनको खोजी कार्य सुरु गरिएको थियो। सो क्रममा प्वालीले लगाएको कपडा परीगाउँस्थित महाकाली नदी किनारमा फेला परेको थियो।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.