No.1 News Portal from Sudurpashchim Province
bajaj

पन्ज्युनयाँ क्रिकेट लिग सुरु, १९ टोली सहभागि

गोकुलेश्वर । तेस्रो संस्करणको पन्ज्युनयाँ क्रिकेट लिग आजदेखि सुरु भएको छ।

pm office

सुशितम युवा क्लब र दोगडाकेदार गाउँपालिकाद्वारा संयुक्त रुपमा आयोजित प्रतियोगिताको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गरेका छन्। १९ टोलीको सहभागिता रहेको उक्त प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री भण्डारीले खेलकुदका साथै सामाजिक विकासका अन्य क्षेत्रमा तीनवटै तहका सरकारबिच समन्वय हुनुपर्ने बताए।

खेलकुदको माध्यमबाट पनि देशको गरिमा बढाउन मद्दत पुग्ने भएकाले ग्रामीण क्षेत्रमा हुने यस्ता प्रतियोगिताले खेलाडी उत्पादनमा बल मिल्ने मन्त्री भण्डारीको भनाई छ। दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्कीले सङ्घीय संरचना बलियो बनाउन स्थानीय तह सबल हुनुपर्नेमा जोड दिए। ‘एक वडा एक खेल मैदान’ निर्माणको अवधारणा पालिकाले अघि सारेको बताउँदै अध्यक्ष कार्कीले बजेट अभावमा त्यसले पूर्णता पाउन नसकेको दुखेसो गरे।

प्रतियोगितामा प्रथम हुने टोलीले नगद एक लाख ५५ हजार ५५५ सहित शिल्ड र पदक पाउनेछ भने उपविजेता टोलीले नगद ५५ हजार ५५५ पदक र प्रमाणपत्र प्राप्त गर्नेछ। यसैगरी, सेमिफाइनलबाट बाहिरिने टोलीहरूलाई सान्त्वनास्वरूप १० हजार, सर्वोत्कृष्ट खेलाडीलाई ११ हजार १११, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई सात हजार ७७७, उदीयमान खेलाडीलाई तीन हजार ३३३ र प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई एक हजार १११ प्रदान गरिने क्लबका अध्यक्ष वीरसिंह कार्कीले बताए।
साथै आज बस्कोट सुपर किड. र लेकम स्टार बिच भएको पहिलो खेलमा बस्कोट सुपर किड.ले लेकम स्टारलाई १११ रनले पराजीत गरेको छ ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.