No.1 News Portal from Sudurpashchim Province
bajaj

असोज २९ देखि सुरु हुने पन्ज्युनयाँ क्रिकेट लिगको तयारी तिव्र

गोकुलेश्वर । बैतडीको दोगडाकेदार गाउँपालिका ६ पन्ज्युनयाँमा तेस्रो संस्करणको पन्ज्युनयाँ क्रिकेट लिग असोज २९ गते देखि सुरु हुने भएको छ।
दोगडाकेदार गाउँपालिकाको प्रायोजन तथा शुशितम युवा क्लबको आयोजनामा सञ्चालन हुने प्रतियोगिताको तयारी तिव्र पारिएको छ ।

pm office

प्रतियोगिताको विजेता टोलीले नगद १ लाख ५५ हजार ५५५ ट्रफी,मेडल र प्रमाणपत्र पुरस्कार पाउने आयोजक शुशितम युवा क्लबका अध्यक्ष वीरसिंह कार्कीले बताए ।

यस्तै उपविजेता टोलीले नगद ५५ हजार ५५५ ट्रफी,मेडल र प्रमाणपत्र पुरस्कार दिइनेछ।

यसका साथै सेमिफाइनलबाट बाहिरिने टोलीहरूलाई सान्त्वना स्वरूप १० । १० हजार, सर्बोत्कृष्ट खेलाडीले ११ हजार १११,सर्बोत्कृष्ट ब्याटर र बलरले समान ७ हजार ७७७ , प्रत्येक खेलका उत्कृष्ट खेलाडीले १ हजार १११ पुरस्कार पाउने जनाएको छ।

zyan 2
You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.