No.1 News Portal from Sudurpashchim Province
bajaj

शैल्यशिखरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सुरेन्द्र विष्टले सम्हाले,कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्ने प्रतिवद्धता

गोकुलेश्वर। दार्चुलाको शैल्यशिखर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसहित खटाइएका सुरेन्द्र बहादुर विष्टले पदभार ग्रहण गरेका छ्न ।

शिक्षा अधिकृत आठौं तहका विष्टले शुक्रवार पदभार ग्रहण गरेका हुन । शुक्रवार एक कार्यक्रमका बीच प्रमुख प्रशासकीय अधिकृत विष्टले पद बहाली ग्रहण गर्नुका साथौ नगरपालिकाको तर्फबाट स्वागत गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ २८ गते नगरपालिकालाई पत्राचार गर्दै शिक्षा सेवा, प्रशासन समूह, अधिकृत आठौँ तहमा कार्यरत विष्टलाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ को उपदफा (४) अनुसार प्रमुख प्रशासकीय अधिकृत नखटाएसम्म वा अर्को व्यवस्था नभएसम्म कार्यालयको आर्थिक तथा प्रशासनिक कार्य सम्पादनको जिम्मेवारीसहित खटाएको थियो ।

यसअघि शैल्यशिखर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका शेर बहादुर बुढाको कञ्चनपुर जिल्ला समन्वय समितिमा सरुवा भएपछि शैल्यशिखर प्रशासकीय अधिकृतविहिन रहेको थियो ।

पदभार ग्रहण गर्दै प्रमुख प्रशासकीय अधिकृत विष्टले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिवद्धता जनाए । साथै उनले सरोकारवालाहरुको सल्लाह र नगरपालिकाको हितमा काम गर्ने बताए ।

पदवहाली तथा स्वागत कार्यक्रममा नगरपालिकाका प्रमुख विजय सिंह धामी, उपप्रमुख शान्ती खडायत, जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी र स्थानीयहरुको सहभागिता रहेको थियो ।

You might also like
ban dcl 2
Leave A Reply

Your email address will not be published.